पाल्पाली समाज युएईको अध्यक्षमा ओमकुमारी खाँण

२०७९ असार १४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युएई , १४ असार । पाल्पाली समाज युएईको आइतबार भएको तेस्रो अधिबेशनबाट अध्यक्षमा ओमकुमारी खाँण निर्वाचित हुनुभएको छ ।

बरदुबईको सिन्धपञ्जाप रेस्टुरेन्टमा भएको अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा कैलाश अर्याल ,प्रथम उपाध्यक्षमा गुम बहादुर राम्जाली ,उपाध्यक्षमा बिष्णु प्रसाद बश्याल ,उपाध्यक्षमा अमित बिस्वकर्मा ,उपाध्यक्षमा कृष्ण प्रसार तिमिल्सिना ,महिला उपाध्यक्षमा सीता बश्याल ,महासचिवमा खुम प्रसाद न्यौपाने ,सचीवमा तिलक राम बश्याल,सह-सचीवमा राजुु बश्याल ,कोषाध्यक्षमा डिल्लीराज भट्टराई ,सह-कोषाध्यक्षमा टंक परिवार ,प्रवक्तामा दिनानाथ गैरे र सदस्यहरुमा राजेश अधिकारी , पदम प्रसाद गैर , शेष नारायण बन्जाडे ,मन बहादुर नेपाली ,शंकर प्रसार गैर , नारायण पराजुली ,राम चन्द ढकाल ,माया बश्याल सापकोटा , कालिदास बश्याल , जीवन बश्याल , एक देव बश्याल ,सोमनाथ सापकोटा , राजेश गैर रहनुभएको छ ।

बेद प्रसाद अर्यालकाे प्रमुख अतिथित्यमा सम्पन्न कार्यक्रमकाे निर्वाचन प्रमुखमा कृष्ण प्रसाद आचार्य रहनु भएकाे थियाे । कार्यसमितिकाे अावश्यकता अनुसार विभिन्न विभाग तथा सल्लाकार चयन गर्ने जिम्मेवारी निर्वाचित कार्यसमितिलाइ दिएकाे निर्वाचन प्रमुख कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार