लायन्स क्लब अफ गल्याङ सिटिले गर्यो वृद्ध आश्रममा वासिङ मेसिन हस्तान्तरण

२०७९ असार १४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, १२ असार । गल्याङ नगरपालिका वडा नम्बर १ रामनदि धाम राम्दीमा रहेकाे वृद्ध आश्रममा लायन्स क्लब अफ गल्याङ सिटिले वासिङ मेसिन हस्तान्तरण गरेको छ । लायन्स क्लब अफ गल्याङ सिटिका अध्यक्ष किसान श्रेष्ठकाे सभापती र प्रमुख अतिथि लाइस क्लबका सिनियर डिस्टिक एडभाइजर महेश भट्टराई रहनुभएकाे  थियाे ।

लायन्स क्लब अफ गल्याङ सिटिको आयोजनामा वृद्ध आश्रममा वासिङ मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी लाइस क्लबका सिनियर डिस्टिक एडभाइजर महेश भट्टराईले गल्याङमा यो सस्थाले धेरै काम गरेको बताउनुभयाे । उहाँले जहाँ दुखी गरिब माथी सहयोग गर्दै आफ्नो नाम मात्रै होइन हरेक ठाउमा काम गर्दै आएको पनि बताउनुभयाे । अबका दिनमा पनि सबै संघ सस्थाहरु सगं हालेमालो गर्दै काम गर्ने समेत बताउनुभयाे । “तपाईहरुको दुख सुखमा साथ दिने यो सस्था सामाजिक हो । आवश्यक परेको खन्डमा स्थानिय सरकार देखि प्रदेश केन्दसम्म हामिले पहल गर्नेछौ ” उहाँकाे भनाइ थियाे ।

यसै कार्यक्रममा बोल्दै लाइस क्लब अफ गल्याङ सिटिका अध्यक्ष किसान श्रेष्ठले गल्याङ नगरपालिकामा विभिन्न संघ सस्थाहरु रहदै आए पनि यस सस्थाले धेरै पहिले देखि सामाजिक सेवा माकाम गर्दै आएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे  “दिन दुखी हरुको सहारा बनेर काम गरेका छौ । अबका दिन मा पनि तपाई हरुको साथ र सहयोग सल्लाह सुझाबमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछाै ।

कार्यक्रमकाे स्वागत मन्तव्य सस्थाका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद भट्टराईले गर्नु भएको थियो  भने शुभकामना मन्तव्य गल्याङ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मणि बस्याल,लायन्स क्लब अफ गल्याङ सिटिका एडभाइजर ओम थापा लगाएतले गर्नुभएको थियो । कार्यक्रमकाे संचालन लाइस क्लबका सचिव शिव भण्डारीले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय