गल्याङमा ५ दिने अचार बनाउने तालिम शुरु

२०७९ असार १८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,१८ असार । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर ३ साना किसानको हल मा एकल महिला बहुउदेशिय सहकारी सस्था लि द्रारा ५ दिने अचार बनाउने तालिमको उदघाटन भएको छ । यसै सस्थाकि अध्यक्ष ज्ञानु भण्डारीको अध्यक्षता र प्रमुख अतिथी गल्याङ नगरपालिका नगर उपप्रमुख हेमा न्यौपानेको आथित्यतामा सम्पन भएको हो ।

एकल महिला बहुउदेशिय सहकारी सस्था लि द्रारा ५ दिने अचार बनाउने तालिमको उदघाटन मा बोल्दै गल्याङ नगरपालिका नगर उपप्रमुख एब प्रमुख अतिथी हेमा न्यौपानेले यस सहकारी सस्थालाई अगाडि बढाउन को निमित्त विशेष गरि एकल महिला जुन एउटा परिवारमा एकल महिला हुनुहुन्छ त्यस्तो महिला हरु प्राय अरु महिला भन्दा केही फरक पनि हुनुहुन्छ  आफ्नो जीवन मा केही गर्छु भने महिला हरुलाइ साथ दिएर अगाडि बढाउने छौ भन्दै बिभिन्न किसिमका तालिम हरु ल्याइ महिलाहरुलाइ सक्षम बनाउन साथै उज्ज्वल भबिस्य निर्माण को निम्ति सुझाब सल्लाह दिदै नगर बाट हुने साथ र सहयोग रहने कुरा प्रतिबद्ध गर्नु भएको छ ।

एकल महिला हरुलाइ अगाडि बढाउन को लागि विशेष गरि हामिले यस्ता तालिम हरु एकल महिला हरुलाइ मात्रै दिने गरेका छौ सधै घर को चुलो चौको मात्रै होइन अब विभिन्न तालिम हरु ल्याइ यो घर भित्रै बस्ने महिला हरुलाइ बाहिर कार्यक्रम मा लैजानु पर्छ नेतृत्व दिनुपर्दछ । भन्दै एकल महिला बहुउदेशिय सहकारी सस्था लि किअध्यक्ष ज्ञानु भण्डारी ले जानकारी दिनुभएको छ ।

यसै कार्यक्रम मा स्वागत मन्तव्य एकल महिला सहकारी सस्था लि। कि उपाध्यक्ष कला ढकाल ले गर्नु भएको थियो भने शुभकामना मन्तब्य बिशिस्ट अतिथी गल्याङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई ले गर्नुभएको थियो र कार्यक्रम संचालन यसै सस्थाकी सचिब खुमा बुढाथोकी ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय