प्रेस युनियनको अध्यक्षमा अनिता विन्दुको उम्मेदवारी दिने घोषणा

२०७९ असार २२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा, २२ असार । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको चहलपहल बढेको छ । आगामी साउन ६ र ७ गते हेटौडामा हुने महाधिवेशनकालागि पत्रकारहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यसैबीच गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युनियनकी पूर्व उपाध्यक्ष अनिता विन्दुले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष समेत हुुनुुभएकी विन्दुले प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र मर्यादित पत्रकारिताकालागि नेपाल प्रेस युनियनको अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुुभयो ।

उम्मेदवारी घोषणा गर्दै विन्दुले भन्नुुभयो– ‘लोकतन्त्रको मूल्य मान्यताबाट बिचलित हुन नदिन सरोकारवाला निकायहरुलाई सही मार्गमा डोहोर्याउन खबरदारी गर्नसक्ने हैसियतको संस्था प्रेस युनियनलाई अझ सशक्त र सुदृढ बनाउन मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।’ उहाँले भन्नुुभयो – ‘लोकतन्त्रमा मात्र स्वतन्त्र र स्वच्छ पत्रकारिता सम्भव रहन्छ, नेपाल प्रेस युनियनलाई लोकतन्त्र, प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको सम्मान एवं सुरक्षाका पक्षमा बलियो ढंगले लाग्ने सक्षम संस्था बनाउन युनियनकर्मी सबै साथीहरु एकजुट हुनुपर्छ । अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार