पालिकाको स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा साभ नेपाल अग्रपंक्तिमा

२०७९ श्रावण १, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा , १ साउन । स्थानीय तहको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा नेपालको शैक्षिक गैसरकारी संस्था साभ नेपाल अग्रपंक्तिमा देखिएको छ।

संस्थाको सहजीकरणमा २० भन्दा बढी पालिकामा पाठ्यक्रम निर्माण एवं पाठ्यपुस्तक लेखनको काम भैरहेको साभ नेपालका अध्यक्ष डां. तुलसी प्रभास खनालले जानकारी दिनुभयो। स्याङ्जाको भीरकोट र चापाकोट नगरपालिका, बिरुवा र कालीगण्डकी गाउँपालिका, बाग्लुङको तमानखोला गाउँपालिकामा साभ नेपालको सहजीकरणमा निर्माण गरिएको पाठ्यक्रम तथा पाठ्यपुस्तक आधारभूत तहका विद्यार्थीहरू माझ लोकप्रिय बन्दै गएका छन्।

साना नानीबाबुहरूले आफ्नै नगरपालिका र गाउँठाउँका बारेमा पढ्न, लेख्न र घुम्न पाउँदा एकदमै खुसी एवं उत्साहित भएका छन । पालिकको प्राकृतिक ,ऐतिहासिक, सामाजिक ,धार्मिक र सांस्कृतिक चिनारीहरूलाई समेटेर तयार गरिएको हुनाले पाठ्यपुस्तक लोकप्रिय बनेको छ। विद्यार्थीहरूले किताबमा उल्लेख गरिएका आफ्ना गाउँठाउँका सम्पदाहरूको बारेमा पढ्न पाउँदा खुसी हुँदै शिक्षकहरूलाई सोही ठाउँमा शैक्षिक भ्रमणमा लगिदिन अनुरोध गर्न थालेका छन ।

साभ नेपालका अध्यक्ष तुलसी खनाल प्रभास पनि शिक्षक तथा विद्यार्थीहरूबाट आएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको बताउनुहुन्छ।आर्थिक वा अन्य कारणले भ्रमणमा लान नसक्ने विद्यालयहरूलाई लक्षित गरेर साभ नेपालको युट्युब च्यानलमा विभिन्न पालिकाका सम्पदारूको बारेमा विशेष जानकारीहरू समेटिएका भिडियो सामाग्रीहरू रहेको बताउनुहुन्छ।स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक लेखनमा सहजीकरण गर्ने एकमात्र संस्था साभ नेपाल रहेको कुरा साभ नेपालका अध्यक्ष खनालको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय