स्याङजामा पहिलोपटक रुदराक्ष दानाबाट शिवलिङ्ग निमार्ण

२०७९ श्रावण १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल

स्याङजा, १७ साउन । स्याङजामा पहिलोपटक रुदराक्षको दानावाटै शिबलिङ्गको निमार्ण सुरु गरिएको छ । वालीङ नगरपालिका ८ कण्डेल गाउँका देबि प्रसाद कंडेलले आफ्नै घरको कोठामा रुदराक्षको दानाबाट भगवान शिबजिको शिबलिङ्ग निमार्ण गर्नुभएको छ ।

गतबर्ष माघ महिनावाट उहाँले रुदराक्षको दान संकलन गरी शिबलिङ्ग निर्माण गर्दै आउनु भएको हो । एउटा शिबलिङ्ग निमार्णका लागी ११०० दाना रुदराक्षको प्रयोग हुने हुदा ३ दिनमा एउटा शिबलिङ्ग तयार हुने उहाँको भनाई छ । सुरुमा कृषि पेसा गदै आउनु भएका कंडेल रुदराक्षको बिरुवा संकलन गरेर निशुल्क बितरण गर्दै आउनु भएको थियो । बिस्तारै शिबलिङ्ग बनाउने मनमा योजना बनाएर काम सुरु गरेपछि सफल भएको उहाँको भनाई छ । निरन्तर रुदराक्षको माला प्रयोगले मानसिक रोग , प्रेसर ,मुटुरोग समेत समाधान हुने हुँदा चाहाना गर्नेका लागी शिबलिङ्ग निशुल्क उपलब्ध गराउदै आउनु भएको छ । धार्मीक दृष्टिकोणबाट यसको महत्व रहेको हुदा दुई जिल्लाको संगम स्थल रामनदी धाम र छायाक्षेत्र मन्दीरमा शिबलीङ्ग स्थापना गर्ने लक्ष्य रहेको कंडेल बताउनुहुन्छ ।

प्रचार प्रसारको कमिले महत्व हराउदै गएको रुदराक्षको यसरी शिबलिङ्ग निमार्णले यतिखेर सबैको ध्यान केन्द्रीत गरेको छ भने अहिले १०८ भन्दा बढि शिबलीङ्ग तथा माला तयारी अबस्थामा रहेका छन । रुदराक्षको दाना बाटै माला , टोपी , ध्यान गर्दा बस्ने आसन जस्ता अन्य बिबिध सामाग्री हेर्नका लागी वालीङमा सबैको ध्यान केन्द्रीत हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार