वालिङका उद्यमीलाई बित्तिय साक्षरता र नविनतम प्रयोग बारे छलफल

२०७९ श्रावण २१, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,२१ साउन । वालिङका उद्यमीलाई बित्तिय साक्षरता र नविनतम प्रबिधिको प्रयोग बारे छलफल गरिएको छ । वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुले उत्पादनसँगै आधुनिक प्रबिधिको प्रयोग गरेर बजारीकरण गर्न आवश्यक रहेको बताएकाछन् ।

कार्यक्रममा बोल्ने कृषक तथा उद्यमीहरुले आधुनिक प्रबिधिको प्रयोग र महत्वका बारेमा खुलेर बहस गरेका थिए । कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी तथा लुम्विनी प्रदेशका प्रमुख सुदिप अर्यालले समय सापेक्ष प्रबिधिको प्रयोगले सहजै व्यवशाय प्रवद्धन गर्न सकिने बताउनु भयो । उत्पादनमूलक काम सँगै उचित प्रचार प्रसार गर्न सक्ने हो भने व्यवशाय सहजै फस्टाउन सक्ने उहाँको भनाई छ । कृषक र उद्यमीहरुको समस्या समाधानमा समेत आधुनिक बित्तिय प्रबिधिको प्रयोगले सहज हुने अर्यालको भनाई छ । आधुनिक प्रबिधिको प्रयोग गरेर बजारीकरण गर्ने तरिकाको बारेमा समेत अर्यालले जानकारी गराउनु भएको थियो ।

उद्यमी अनुकुल बातावारण बनाउन नगरपालिकामा सञ्चालनमा ल्याईएको ईबिकले सबैलाई सहयोग गर्ने प्रमुख अर्यालको भनाई छ । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘हरित पुनःउत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा बोल्दै वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङ, दियालो संस्थाका कोषाध्यक्ष सीता डुम्रे लगायतले बोल्नुभएकाे थियाे ।

दियालो संस्थाका सचिव सीता गौडेल गैह्रेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन परियोजना प्रमुख राधाकृष्ण डुम्रेले गर्नु भएको थियो ।
कार्यक्रमका सहभागी कृषक तथा उद्यमीहरुले आआफ्ना समस्याहरु खुलेर बताएकाथिए । सरोकारवालाहरुले आफूहरुलाई काम गर्ने बातावरण बनाईदिने हो भने आफूहरु जति पनि उत्पादन गर्न तयार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार