माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

२०७७ चैत्र २२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २२ चैत्र । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार बिहान पेरिसडाँडामा बस्ने भनिएको बैठक केही स्थायी कमिटी सदस्य उपत्यका बाहिर भएकाले स्थगित भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नवलपरासी गएका थिए । आइतबार बिहान मात्रै काठमाडौं आइपुगेका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको छ ।

आइतबारको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने अनुमान थियो । तर बैठक स्थगित भएको छ । आगामी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न सक्ने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय