गल्याङ जेसिज सम्मानित

२०७९ भाद्र ६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ६ भदौ । नेपाल जेसिजको आयोजना र गोरखा जेसिजको आतिथ्यतामा समपन्न भएको क्षेत्र ख सम्मेलन गोरखामा सम्पन्न भएको छ ।

भाद्र ३ र ४ गते सम्पन्न क्षेत्र सम्मेलनमा गल्याङ जेसिज सामाजिक उत्तरदायित्व बाट सम्मानित भएको हो क्षेत्र ख मा ३९ शाखा रहेका मध्य दोस्रो सम्मानित शाखा गल्याङ जेसिज रहेको थियो । क्षेत्रीय सम्मेलनलाई उदघाटन पुर्ब प्रधानमन्त्री एब नेपाल कम्निष्ट पाटी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको थियोे । गोर्खा जेसिजको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पहिलो दिन उदघाट्न सत्र तथा दोस्रो दिन मार्च पास तथा २०२३ का लागि क्षेत्र ख सम्मेलन म्याग्दि जेसिज लाई दिने भेला बाट सर्बमत पारित गरेको थियो ।

त्यसै गरि नेपाल जेसिजले स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा निर्वचित गल्याङ जेसिजका मानार्थ सदस्य तथा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराई , गल्याङ जेसिजको २०२२ का अध्यक्ष सल्लाहकार एब गल्याङ नगरपालिका नगर उपप्रमुख हेमा न्यौपाने र गल्याङ जेसिज बर्ष २०२२ को सास्कृतिक संयोजक तथा चापाकोट नगरपालिका उपप्रमुख इशा राना लाई समेत सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार