छोरीहरूको मात्र जन्म भएपछि तिनैको भबिस्यका लागि प्रदेश गएका बुवा/आमालाई छोरीको कारुणिक पत्र

२०७९ आश्विन २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट

बिषय : प्रदेशमा रहनु भएका बाबा आमा प्रतिको सम्झनामा लेख्दै

श्री पुजनीय, प्रदेशमा रहनु भएका बाबा, आमा प्रती म हजुुरकी माहीली छोरीको तर्फ देखी दिन रातको माया एवम सम्झनाका साथ दैनिक दिनको नमस्कार गर्दछु । बाबा आमा हजुरहरु प्रदेशमा निकै आरामका साथ दिनहरु बिताइ रहनु भएको होला भन्ने यहाँ आशा गरि रहेकी छु ।

यहाँ पनि म लगाएत हामी सम्पूर्ण इष्टमित्रहरु पनि हजुरहरुकै आर्शिवादले हजुरहरुकै यादमा दिनहरु बिताइ रहेकी छु । बाबा आमा मिति २०७९।२। २८ देखि ३० सम्म भएको हाम्रो शुभ बिहानी सहकारी सस्था मार्फत म शेयर सदस्यमा आबद्ध भएको कारणले गर्दा यस सस्थामा उदघोषक तालिममा सहभागी भएकोले गर्दा २०७९।२।३० मा पाँच वटा बुदामा एउटा बुदा रोजेर लेख्न भन्नु भएको थियो । त्यसैले ति पाँच बुदा मध्ये मैले प्रदेशमा रहनु भएका बाबा ,आमालाई पत्र लेख्नु पर्छ भन्ने बुदालाई छनोट गरी मैले आज सत्यताको पत्र लेख्दै छु । बाबा, आमा २१ औँ शताबदीको यी दिनहरुमा आँउदै गर्दा अहिलेका बाल बच्चाहरुले एउटा बाबा ,आमा तथा दाजु भाउजुहरुलाई पत्र लेख्न दिने हो भन्ने यो पत्र लेख्ने सम्बोधन गर्न पनी नजानेको अवस्था रहेको छ, किन कि मोवाइलवाट अहिलेको समयमा देश बिदेशका नयाँ नयाँ कुराहरु छीटो थाहा हुने अनी सन्चो बिसन्चो भिडियो कल मार्फत हुने भएकोले पत्र लेख्न जरुरी नभएको कारणले गर्दा पत्रको हुलाक घरको पनी ह्रास भएको अवस्था छ ।

त्यसैले बाबा आमा म अहिलेको समयमा भएको भएदेखी मैले आज पत्र लेख्न जान्ने थिइन होला । हजुरहरु २०६०/६५ देखि नै प्रदेशमा रहनु भएको कारणले गर्दा मैले पत्र लेख्दै आएको हुदा आज मैलेै धेरै समयको अन्तराल पछि हजुरहरु प्रति मैले आफ्ना मनका गन्थनहरू पोख्न पाउदा म आज अत्यान्तै हर्सित छु । किनकि, बाल्यकलमा मैले समाजमा अन्य दाजु भाई र दिदी बहिनीहरुको लागी पनी प्रदेशमा रहनु भएका आफन्त जनहरुको पनि पत्र लेखी सहयोग गर्ने गर्दथ्थे त्यसैले आज बाबा आमा हजुरहरु प्रदेशमा रहनुुभएको पनी धेरै बर्ष भैसक्यो । सन्सारमा मानिस एक पटक जन्मिन्छ र मर्नुपर्दछ । यो प्रकृतिको नियम नै हो । जसले गर्दा यस धर्तिमा पैसाले सवथोक किनबेच गर्न पाइन्छ तर अफ्नो जन्म दिने बाबा र आमालाइ कदापि पाइदैन । मर्नु र बाच्नु कसैले जान्दैन कालले ठुलो र सानो भन्दैन त्यसैले सबै भन्दा ठुलो मेरो लागि हजुुरहरु नै हो ।

त्यसैले बाबा, आमा हजुरहरु अब आफ्नै देशमा आउनुु हुने छ भन्ने आशा गर्दछुु । मेरो आमाले मलाइ दश महिना कोखमा राखि जन्माइ हुर्काइ र पढाइ पनि दुखका साथ गर्नुु भयो ति दिनहरुमा कति दुुख कस्ट भए होलान । कहाँ मलाइ मात्र हो र ? अरु पाचँ छोरीहरुलाइ पनी दश महिना कोखमा राखी जन्माइ , हुुर्काइ र क्षमता अनुुसारको पठन पाठन गराउनुु भयो र जन्मघर छोडेर कर्मघरको थलोमा पनि हजुरहरुले टेकाउनु भयो । बाबा आमा त्यतिबेला हाम्रो समाजले कति घृणा गर्नुु हुुन्थ्यो कति गाली र सराप दिनुु हुुन्थ्यो त्यस्तै गरी हाम्रो परिवारसँग बोल्न पनि दुख मान्नुु हुुन्थ्यो । तर बाबा आमा हजुुरहरुले सिकाउनु भएको सस्कारलाइ हामी अर्थात म छोरीले कहिल्यै भुलिन किनकी, वाहाँहरुले दिनुु भएको त्यो घृणा नै हाम्रो लागी अमृत सम्मान थियो । बाबा,आमा समाजका ब्यक्तीत्वहरुसँग धन थियो, शिक्षा थियो तर सस्कारको अलिकता पनि ख्याल गरेन भने त्यो मान्छे कहिल्यै पनि सस्कारी हुने रहेनछ त्यसैले आमा उ समयमा दिनुु भएको ज्ञानलाइ सही सदुुपयोग गर्दै मैले यो समाज प्रति राम्रो काम गरी हजुुरकै नाममा जिबन्त सहयोग गरि रहने छुु । आमा बाबा गरीबीको दल दलमा परेता पनि कहिल्यै कसैको घरमा गएर हजुुरहरुले हात थाप्न जानुभएन ।

बरु समाजका ब्यक्तीहरु आउनुु भयो भनी १ पाथीमा ६ माना अरुलाइ दिइ २ माना घरमा राख्नुु हुुन्थ्यो । कसैलाइ खाली फर्काउनु हुदैन थियो । तर बाबा आमा अहिले त हजुरहरु बिदेश गइ धेरै थोरै कमाउनुु भयो अनी हाम्रो अर्थात मेरो पनी कर्मघर राम्रो भयो । अनी समाज प्रति पनी चासो राख्ने एउटा समाजको उदारणीय एक नारी भएर उभिन सफल भए । आमा बाबा अहिले त ति पहिला घृणा गर्ने ब्यक्तीहरुले हजुरहरुकै मान सम्मान गर्दै र अब आफ्नो देश जन्म भुुमिका कहिले आउनूु  हुुन्छ भन्दै जहिले पनि मलाइ सोधपुछ गर्नुु हुुन्छ । हजुुरहरुको धैर्यताको सफलता आज यस समाज भित्र मिलि रहेको महसुुस भै रहेको छ । बाबा आमा समाजमा भलाे चिताउने ब्यक्तीले एक दिन एक सफलताको बाटोमा पूुग्न सफल हुुदो रहेछ । मेरा माननिय आमा बाबा प्रति सम्मान गर्दै मैले जति सुकै समाजको निम्ती राम्रो काम गरी मान सम्मान पाए पनी हजुुरहरु मेरो साथमा नहुदा मलाइ अत्यान्तै दुुख लागि रहेको छ । अनी जन्म घर,कर्मघरबाट माइती घर जादा अत्यान्तै दुुखित भैरहन्छुु त्यसैले बाबा आमा मैले समाज प्रति जति सुुकै राम्रो काम गरी अगाडी बढुु या जति सुकै मेरो घर परिवारले धन सम्पतिमा सुुख सयलका साथ राखेता पनि म हजुुरहरुको साथमा नहुुदा पानी बिनाको माछा जस्तै छटपटाइ दिनहरु बिताइ रहेकी छुु । बाबा आमा हजुुरहरुले छोरा नपाए पनि छोराले गर्ने काम ,कर्तब्य हामी म छोरीले पनी गर्न हुुन्छ ।

छोराले नै के गरेका छन । यस धर्तिमा छोरा पाउने बाबा ,आमाहरु त झन ति बृद्दा आमा बाबाहरुलाइ कसैले आश्रय, कोहिले बिच बाटो त कसैले जँगलको घर भित्र थुुनी ति छोरा भनौदाहरुले यस्तो बिचल्ली पारी आफूहरु आफ्नो परिवारसँग जापान अष्टे्रलिया र अमेरिकाको देशहरुमा रमाइ बसेका प्रसस्तै उदाहरणहरु छन तर आमा बाबा हजुुरहरुको छ बहिनी छोरीहरुले कदापि यसो गर्ने छैनौ । त्यसैले अब हजुुरहरु पनि डाँडा माथिको घाम सरी भैसक्नुु भएको अवस्था छ । मैले हजुुरहरुको सेवा गर्नुुपर्ने समय आएको छ । आमा बाबा हजुुरहरु बिदेश तिर लाग्दा त हाम्रो गाउँ ठाउमा त्यस समयको बेला बिकास पनि भएका थिएनन । अहिले त बाटो घाटो पनि धेरै थोरै निर्माण भैरहेको छ । गाउँ गाउँका कुना काचामा बाटो घाटोको सुुविधा छ । अनि प्रत्येक घरघरमा पिउने पानीको सुुविधा छ । त्यस्तै गरि हस्पिटल जानको निम्ती गाउँमा  विभिन्न समिति बाट एम्बुलेन्स चलिरहेको छ । गाउ टोलमा सरसफाइको अभियान कार्यक्रम चलिरहेको छ । हाम्रो गल्याङ नगर पालिकाबाट दुुःखी अपाङताको निम्ती पनि सहयोगको कार्य भैरहेको छ । त्यस्तै गरी कृषि प्रधान मन्त्री सोरोजगारीमा ५० % अनुुदानमा किसानका लागी कुुखुरा ,गाई भैसी पालनमा लागी पनी हाम्रो गल्याङ नगरपालिकाबाट धेरै कामहरु भैरहेको छ । त्यसैले बाबा आमा मैले पनी कुखुरा र भैसीको निम्ती ५० % छुटको अनुदानमा अनुुदान लियर कुखुरा र भैसी पालि कुखुराको अन्डा र भैसीको दुध दहि र घिउ घरमै उत्पादन गरी कृषी कर्ममा ब्यस्त छुु ।

जसले गर्दा मेरा पूुजनिय बाबा आमालाई म छोरीले उत्पादन गरेका अण्डा दुुध दहि र घिउ खुुवाइ मैले हजुुरहरुको सेवा गर्नुु छ । बाबा आमा हाम्रो नेपाल देशमा म छुु र हजुुरहरु प्रदेशको खाडीमा काम गर्दै गर्दाको अवस्थालाई सम्झी ल्याउद दुख लाग्छ त्यसैले बाबा आमा हाम्रो नगरबाट जतिसुुकै बिकासहरु हुुदै गएपनि र मैले जति सकै सेवा सुविधाहरु पाएको भए पनि हजुरहरुको साथमा सँगै नहदा मलाइ एक्लोपनको महसुुस भैरहेको छ । बाबा आमा जसरी हजुरहरुले धेरै दुख कष्ट गरेर मेरो जिन्दगीलाई सुु सम्पन्न गर्नुुभयो भने अब मैले हजुुरले दश महिना कोखमा राखी जन्माई , हुुर्काई अनि बढाउनुु भयो । मैले हजुुरहरुको दिन रात खटिएर पनी दुुधको भारा तिर्न नसकुुला तर अब हजुुरहरु प्रदेश होइन आफनै देश स्वदेशमा आई मैले हजुुरहरुको सेवा गर्नुु जरुरत छ । त्यसैले आमा बाबा आफनै देशमा बसि आटो ढिडो र खोले खाई अर्गानिक खान दिनसंग जिवन बिताउने चाहाना छ । म मेरो आमा बाबासंग बसेर जिवन बिताउन पाए देखि मात्र मलाई खुुशी मिल्ने थियो । भन्दै अन्त्यमा पत्रलाई बन्द गर्नुु अगाबै एक टुुक्का गित सुनाउदै ,

नजानुु बाबा आमा हङकङ र मलाए
सुुन फल्छ स्वदेशमा यहि माटो चलाए

अन्त्यमा बाबा आमा हजुुरहरु आफनो देश जन्मभूुमि नेपालमा आएर सबैभन्दा पहिला त दुुखी,गरीब र अपाङताहरुको निम्ति हजुुरहरुले कमाउनुु भएको सम्पति दान गरी सहयोग गर्नुु छ । बाबा आमा देबि देवतालाइ भेटी चढाउनुु भन्दा हजुुर र मैले दिन दुखीको निम्ति सेवा गर्नुु नै सबैभन्दा ठुुलो धर्म हो । त्यसैले यस धर्तिमा प्राण रहुुन्जेल हाम्रो परिवारले जिवन्तकाल सम्म सेवा गरि नै रहने बाचा गर्दै समाजममा उदारणिय काम गरि अगाडि बढ्ने एउटा दिर्ण आत्मका साथ मेरा बाबा आमालाई १००औँ होइन १२० औँ बर्ष बाच्ने श्री कुल पितृले आर्शिवाद दिनूु हुुने छ भन्दै अर्थात आफूुले आफैलाई म ठूुलो हुुँ हैन । अरुले मान सम्मान गरी म ठूूलो हुुँ भन्ने कार्य गर्दै छिटो भन्दा छिटो पूुजनिय बाबा आमा आफनै स्वदेशमा आउनुु होला भन्दै पानी बिनाको माछा झै छटपटाई बसेकी छोरी हजुुरहरुको सेवामा ओहोरात खटि पानीको पियास मेटाउने छुु भन्दै आजको पत्रलाई हजुुरहरुको प्रतिक्षामा बस्दै पत्र बन्द गर्न चाहान्छु ।

आज्ञकारी छोरी
कृष्ण कुुमारी सोमै
गल्याङ नगरपालिका वडा न ११ जिमुहाँ
स्थान : खरले छाएको अर्गानिक घरको पिढी छेउमा ।
समय : रातको १० बजे

 

स्याङ्जाको गल्याङमा रहेको शुभ बिहानी सहकारी सस्थाले जेष्ठ २९ देखि ३० गतेसम्म आयोजना गरेको उद्घोषण तालिममा सहभागीहरुलाई तालिम पछि लगाइएको कार्य । तालिममा प्राप्त गरेको ज्ञान व्यबहारमा लागु होस् भन्ने उदेश्यका साथ लेख उत्कृष्ट हुने लाई हेर्ने कुरा अनलाइनले प्रथम,द्वितीय र तृतीय पुरस्कारको ब्यबस्था गरेको छ । हामीलाई उत्कृष्ट लागेका चार लेख यहाँहरु माझ प्रस्तुत गरेका छौं । यहाँको प्रतिक्रियाको आधारमा यी चार लेखलाई प्रथम द्वितीय र तृतीय पुरस्करको घोषणा गर्नेछौ । लेखले सामाजिक बिषयलाई कत्तिको छुन सक्यो भनेर यहाँहरु माझ प्रस्तुत गरिएको हो । यहाँलाई लागेको कुरा कमेन्ट बक्समा दिन नभुल्नु होला ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार