महासमिति,प्रदेश समिति देखि स्थानीय तहसम्मका नेता भन्छन् :”स्याङ्जामा गठबन्धन आवश्यक छैन”

२०७९ आश्विन ११, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ११ असोज । नजिकैदै गरेको संघ र प्रदेशको निर्वाचनमा स्याङ्जा जिल्लामा गठबन्धन हुन नहुने स्याङ्जाका काङ्ग्रेस कार्यकर्ता तथा नेताको भनाइ छ ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरिएका स्थान जतिमा नेपाली काङ्ग्रेसले हार बेहोर्नु परेपछि यतिबेला स्याङ्जा जिल्लामा नेपाली काङ्ग्रेसका नेता देखि कार्यकर्ता गठबन्धनको विपक्षमा रहेको पाइन्छ । अन्य क्षेत्रमा गठबन्धन गरेपनी स्याङ्जामा नेपाली काङ्ग्रेस एक्लै चुनाव लड्नुपर्ने सर्वत्र माग उठन थालेपछि स्याङ्जा जिल्लाबाट नेपाली काङ्ग्रेसको केन्द्रमा नेतृत्व गर्ने नेता समेत यसको अप्ठ्यारोमा पर्न थालेका छन् ।

गठबन्धन गरिएका दलको स्याङ्जामा गाउँसम्म संगठन नहुनु, गठबन्धन दलसंग मतदाता नहुनु लगायतका कारण देखाउदै स्याङ्जामा गठबन्धन घातक हुने धारणा नेपाली काङ्ग्रेस नेता तथा कार्यकर्ताको भनाइ छ । गण्डकी प्रदेश सदस्य अजित क्षेत्रीले स्याङ्जामा गठबन्धन घातक हुने धारणा राख्नुभएको छ । उहाँले भन्नुभयो “यो भनाइ केवल अजित क्षेत्रीको मात्रै होइन यो नेपाली काङ्ग्रेसमा आस्था राख्ने आम नागरिकको भनाइ हो ।” त्यस्तै महाधिवेशन प्रतिनिधि प्रेम पौडेलले पनि स्याङ्जामा गठबन्धन घातक हुने धारणा राख्नुभएको छ । उहाँले भन्नुभएको “गठबन्धन गरेर म आधिखोला गाउँ पालिकामा निर्वाचन लडे तर त्यहाँ हारियो भने जिल्लामा अन्यत्र गठबन्धन नभएका स्थानीय तहमा नेपाली काङ्ग्रेसले बिजय प्राप्त गरेको छ ।” उहाँले यहीँ स्थानीय तहको परिमाण हेरेर स्याङ्जामा गठबन्धन घातक हुने धारणा राख्न कत्ति पनि हिचकिचाहट नहुने बताउनुभयो । त्यस्तै हरिनाश गाउँपालिका नेपाली काङ्ग्रेस सभापति टोपा भुजेलले पनि स्याङ्जामा गठबन्धन घातक हुने धारणा राख्नुभएको छ । उहाँले भन्नुभयो “भर्खरैको स्थानीय तहको निर्वाचनमा हरिनास गाउँपालिकामा गठबन्धन भएको थियो जसको अध्यक्ष पदमा पार्टीले मलाईनै सिफारिस गरेको थियो तर गठबन्धनका कारण बिजय प्राप्त गर्न सकिएन ।”

भर्खरैको स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा स्याङ्जामा काङ्ग्रेस अथवा अन्य पार्टीका नेता तथा कार्यकर्ताले पनि गठबन्धन नचाहेको बुझ्न आम नागरिकलाई अप्ठ्यारो पर्दैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय