स्याङ्जा,२२ असोज । सत्ता गठबन्धनबीच निर्वाचन क्षेत्र तालमेलमा सहमति कायम भएको छ ।
नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादीले छुट्टयाएको प्रतिनिधिसभा र प्रदेशसभा सिट अनुसार स्याङ्जाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ र २ दुबै काँग्रेसको भागमा परेको छ ।
स्याङ्जा १ : संघ तर्फ नेपाली काङ्ग्रेस प्रदेशसभा तर्फ (क) नेकपा माओवादी केन्द्र र (ख) नेपाली काँग्रेसको भागमा परेको छ ।
त्यसैगरी स्याङ्जा २ : संघ तर्फ नेपाली काङ्ग्रेस प्रदेशसभा तर्फ (क) नेकपा एकीकृत समाजवादी र (ख) नेपाली काँग्रेसको भागमा परेको छ ।