स्याङ्जामा नेपाली काङ्ग्रेस तर्फबाट धनराज र राजु निर्वाचन लड्ने

२०७९ आश्विन २२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २२ असोज । गठबन्धन दल बीच बाडफाड गर्दा नेपाली काङ्ग्रेसको भागमा परेको स्याङ्जाको संघीय सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसले उम्मेदवारको टुंगो लगाएको छ ।

प्रदेश सभामा सिट एकीकृत समाजवादी र एक सिट माओवादीलाई दिने गरि सहमति भए अनुरुप स्याङ्जाको दुबै संघीय सभा नेपाली काङ्ग्रेसको भागमा परेको थियो । जस अनुरुप स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेस स्याङ्जाका पार्टी सभापति संविधान सभा सदस्य राजु थापाले निर्वाचन लड्ने गरि पाटिले खटाएको छ भने स्याङ्जाको क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका पार्टी उपसभापति धनराज गुरुङले निर्वाचन लड्न पार्टीले सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय