पाल्पाको रम्भा १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस दुर्घटना,५ काे मृत्यु

२०७९ कार्तिक १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, १३ कार्तिक ।  पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस आज विहान दुर्घटना भएको छ । ना ६ ख ७५८० नम्बरको बस बुलिङटार गाउँपालिका २ मथारमा दुर्घटनामा परेको हो ।

मनकामना मन्दिर दर्शनको लागि यात्रु लिएर हिडेको बस कालीगण्डकी करिडोर नजिक बुलिङटार गाउँपालिका २ मथारमा बिहान ४ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पूर्वले जनाएको छ । दुर्घटनामा झण्डै २८/२९ जना यात्रु घाईते भएको प्रहरीले बताएको छ । बस सडक बाट झण्डै सय मिटर तल खसेको छ । बस कालिगण्डकी किनारमा रहेको छ । बसमा रम्भा १ हुँगी अन्तर्गत बिसौना, च्याङलिङ र गैरी क्षेत्रका दर्शनार्थी रहेका थिए । घटनास्थलमा अहिले प्रहरीले घाईतेहरुको उद्धार गरिरहेको छ । थप जानकारी आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय