गह्रौ प्राथमिक अस्पताललाई शैया हस्तान्तरण

२०७८ बैशाख २९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२९ वैशाख, वालिङ। वालिङस्थित गह्रौ प्राथमिक अस्पताललाई यहाँका सहकारी तथा संघ संस्थाहरुले शैया हस्तान्तरण गरेका छन् ।

विश्वब्यापी महामारीकोरुपमा द्रूत गतिमा फैलिरहेको कोभिड १९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा निर्माणाधिन आईसोलेसन कक्षका लागि शैया हस्तान्तरण गरेका हुन् । ‘एक संस्था एक शैया’ हस्तान्तरण अभियान अन्तर्गत यहाँका १८ सहकारी तथा संघ संस्थाद्वारा सामूहिकरुपमा अस्पताललाई १८ शैया हस्तान्तरण गरेका हुन् ।

महामारीकोरुपमा फैलिएको कोभिडको रोकथामका लागि नगरपालिकाले जनस्वास्थ्य विपद अवस्थाको घोषणा गरी नियन्त्रणलाई अगाडि बढाईरहेका बेला विभिन्न संघ संस्था तथा सहकारीहरुद्वारा प्राप्त सहयोगप्रति आभार ब्यक्त गर्नुभयो । “कोभिड रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले आईसोलेसन कक्ष निर्माण गरिरहेको हँुदा ईच्छुक संघ संस्था तथा ब्यक्तिहरुलाई सहयोगका लागि आब्हान ग¥यौं” नगर प्रमुख खाँणले भन्नुभयो, “नगरपालिकाले गरेको आब्हानलाई स्वीकार गर्दै वालिङस्थित सहकारीहरु तथा संघ संस्थाहरुद्वारा आधुनिक शैया उपलब्ध गराउनुभएको छ ।”

सहकारी तथा संघ संस्थाहरुले उपलब्ध गराउनुभएको शैयाहरुको सही सदुपयोग गर्दै सङ्क्रमितहरुको उपचार कक्षमा प्रयोग गर्ने उपप्रमुख कल्पना तिवारीले बताउनुभयो । उहाँले अस्पतालमा आईसोलेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुहुँदै सङ्क्रमितको अवस्था हेरी अन्य स्थानहरुमा पनि आईसोलेसन कक्ष सञ्चालन गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

सङ्क्रमणका बेला सहकारीहरुले यहाँका नागरिकहरुको जीवनरक्षाका लागि सहयोग पुगोस् भन्ने हेतुले अस्पताललाई शैया उपलब्ध गराएको समन्वयकारी भूमिका खेल्नुभएका जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक मुक्तिप्रसाद पाण्डेले बताउनुभयो । “सहकारीहरुले विपदका समयमा मानवीयतालाई अगाडि सारेर अग्रपंक्तिमा रहेर काम गर्नुपर्छ भन्ने मान्यताले समन्वय र सहकार्य ग¥यौं” पाण्डेले भन्नुभयो, “ईच्छुक सहकारीहरुबीच छलफल ग¥यौं र शैया उपलब्ध गराउने निर्णय गरी हस्तान्तरण गरेका हौं ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय