यस कारण मल्ल मन्त्रीका बलिया दाबेदार मानिए

२०७८ असार ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

असार ३ स्याङ्जा । गण्डकी प्रदेश सभामा नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार गठन भए लगत्तै नेपाली काङ्ग्रेस बाट सांसद बनेकाहरुको मन्त्री बन्ने चर्चाले स्थान पाउनु नयाँ कुरो होइन । यसै चर्चाको बलिया दाबेदारका रूपमा चिनिन्छन गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्ल ।

कम्युनिस्ट सरकारले आजित बनेका जनता देखि नेपाली काङ्ग्रेस पाटी भित्र मन्त्रीको बिषयलाई लिएर चर्को बहस सुरु भएको छ । यी बहसमा मल्ल एक नम्बरमा गरिन्छन । स्याङ्जाको क्षेत्र नम्बर २ ख बाट प्रत्यक्ष निर्वाचनमा भारी मत पाएर बिजय भएका मल्ल युवाको भाव बुझ्ने नेताको रुपमा चिनिन्छ्न । युवा पंक्तिका अभिभावकको रुपमा चिनिने मल्ल पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले संघीय चुनाव हारेको ठाउँबाट विपक्षीलाई भारी मतले पछि पार्दै प्रदेश सभामा बिजय बनेका थिए । युवा अवस्थामै राजनीतिमा उचाई चुमेका मल्ल युवा कार्यकर्ताका आशा र भरोसाका नेता मानिन्छन पाटिका संगठन विभाग प्रमुखले संघीय चुनाव हारेको ठाउँमा मल्लले प्रदेश चुनाव जित्नु यसको बलियो उदाहरण हो । अहिले सामाजिक संजालमा मल्लको मन्त्री माग गर्दै चलेको अभियान थप अर्को बलियो उदाहरण हो । यी निम्न कारणले गर्दा मल्ल मन्त्रीको बलियो दाबेदारमा चिनिन्छन ।

१. सामाजिक संजालमा चलेको अभियान : कार्यकर्ताको मत जान्न हाल प्रबिधिले सहज बनाइदिएको छ । साच्चिकै कार्यकर्ताको चाहाना बुझ्ने गरि पाटी पक्तीले काम गर्न सक्यो भने पाटीको भबिस्य र पाटिमा लागेकाहरुको भबिस्य बलियो देखिन्छ । तरुणदल स्याङ्जाका सभापति समेत रहेका मल्ल युवाको मन जित्ने नेताको रुपमा चिनिन्छन भन्ने बलियो उदाहरण हो हालको सामाजिक संजालमा चलेको अभियान । गण्डकी प्रदेश सरकार गठन भए देखिनै मल्ललाई मन्त्रालयको माग गर्दै सामाजिक संजालमा अभियाननै चलेको देखिन्छ । नेपाल पत्रकार महासंघ स्याङ्जाका पुर्व अध्यक्ष देखि तरुण दलका नेतासम्म मात्रै होइन जिल्लाका सामान्य कार्यकर्ताले समेत सामाजिक संजालमा प्रदेश सांसद भागवत प्रकाश मल्लले मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने माग गरिरहेका छन् ।

२. युवाका आशाका केन्द्र : कतिपयले मल्ललाई यस क्षेत्रका गगन थापा र बिश्व प्रकाशको समेत संज्ञ दिएर चर्चा गरेको पाइन्छ । त्यसको ज्वलन्त उदाहरण हो यस क्षेत्रबाट संघीय सांसदमा काङ्ग्रेसले हार्दै गर्दा प्रदेश सांसद मल्लले जित्नु ।

३. संगठन बलियो बनाउन : जनतासंग प्रत्यक्ष सम्पर्कमा रहने र जनताका समस्य समाधानमा सक्दो सहयोग गर्ने यस क्षेत्रकै उदयमान नेताको रुपैया चिनिने मल्ल धेरै कार्यकर्ताका आशा र भरोसाका नेता मानिछन । जुनसुकै पाटिबाट सांसद बनेपनी सांसद बन्ने बित्तिकै गाउँ बसाईलाई बिट मार्ने परिपाटी चल्दै आएको परिप्रेक्ष्यमा मल्ल जिल्लामै कार्यकर्ता माझ बसेर राजनीति गर्नुले जनताको समस्य र मर्का बुझ्ने नेताको रुपमा चिनिन्छन । त्यसैले जिल्लामा कमजोर बन्दै गएको नेपाली काङ्ग्रेसको राजनीतिलाई बलियो बनाउन पनि जनतासंग प्रत्यक्ष सम्पर्क रहेने नेता मल्ल मन्त्रीको लागी बलिया दाबेदार मानिन्छन् ।

४.जिल्लाको एक मात्रै प्रत्यक्ष निर्वाचित सांसद : नेपाली काङ्ग्रेसको किल्ला भनेर कुनैबेला चिनिने स्याङ्जामा यतिबेला प्रत्यक्ष निर्वाचित सांसद पाउन हम्मेहम्मे परेको छ । जिल्लाका संघीय र प्रदेश गरि चार सांसद प्रत्यक्ष निर्वाचित भएपनि त्यस मध्य नेपाली काङ्ग्रेसबाट चुनाव जित्ने मल्ल एकल सांसद हुन् । जनतामा लोकप्रिय बनेकै कारण पाटिले पहिलोपटक दिएको चुनावी टिकटमा प्रतिपक्षलाई पाखा लगाउदै बिजय बन्न मल्ल सफल भएका हुन् ।

५. प्रदेश सरकार गठनमा अहम् भुमिका : कम्युनिस्टको नेतृत्वमा रहेको पृथ्वीसुब्बा गुरुङको सरकार ढाल्न र काङ्ग्रेसको सरकार बनाउन डाइनामिक लिडरको रूपमा उदाएका मल्ल मन्त्रीको बलिया दाबेदात मानिन्छन् । विभिन्न संचार मध्यमा सरकार गठन गर्न अहम् भुमिका निर्वाह गरेको चर्चा चलिरहेका मल्ल मन्त्रीका बलिया दाबेदार मानिन्छन् ।

सरकार गठन देखि जनतासंग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने डाइनामिक लिडरको रुपमा देखा परेका मल्लको राजनीति रफ्तार यहीँ गतिमा अगाडी बढे मल्लको राजनीति भबिस्य मात्रै नभए पाटिको समग्र भबिस्य बलियो हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय