भदौ, १४ गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा प्रदेशमा १७० जना सङ्क्रमित थपिएका छन् । थपिनेमा कास्कीका ७३, नवलपरासी पूर्वका ३९, गोरखाका, स्याङ्जाका १५, म्याग्दीका सात र तनहुँका छ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा प्रदेशमा तीन जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाका एक÷एक जना महिला र कास्कीको पोखरा महानगरपालिकाका एक जना पुरुष रहेका छन् ।
यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक जार २९३ जना पुगेको छ । प्रदेशमा होम आइसोलेशनमा दुई हजार ९११ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।