सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

२०७८ भाद्र १६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भदौ, १६ बागमती । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिनुभएको छ । नेकपा ९एमाले०का तर्फबाट मन्त्री बन्नुभएका उहाँले नवगठित नेकपा ९एकीकृत समाजवादी० पार्टी रोज्नुभएको बताइएको छ ।

उहाँले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र हुनुहुन्छ । प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा ९एकीकृत समाजवादी० मा सनाखत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार