पाटिको लागि मात्रै भए भिम रावल पनि ठिक हो तर अहिले समग्र देशको लागि केपी ओलि आवश्यक हो : दुर्गा प्रसाईं

२०७८ मंसिर १२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन, १२ मंसिर । चितवनमा जारी नेकपा एमाले को १०औँ राष्ट्रिय महाधिवेशमा सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला मेडिकल व्यावसायी दुर्गा प्रसाईंले अहिले पाटी अध्यक्षमा के पि ओलिको विकल्प नभएको बताउनु भएको छ ।

नेतृत्व चयनको लागि बन्द सत्र चलिरहेको बेला उपाध्यक्ष समेत रहनु भएका डा. भीम रावलले पाटी अध्यक्षको उम्मेद्बारी घोषणा गरेपछि प्रसाईंको यस्तो भनाइ आएको हो । प्रसाईंले हेर्ने कुरा अनलाइनसंग सन्छिप्त प्रतिक्रिया दिदै भन्नुभयो ” पाटिको लागि भिम रावल पनि उपयुक्त हुनुहुन्छ । उहाँलाई पाटी अध्यक्ष बनाउन सकिन्छ तर आज एमाले देशको आवश्यकता भएको हुँदा देशको आवश्यकताको लागि केपि नै हो ।” उहाँले अहिले पाटी अध्यक्षको बिषय अहिले केपि ओलि भन्दा अरु विकल्प खोज्न नहुने धारणा राख्नु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार