काठमाडौं, २ पुष । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको पिछडिएको क्षेत्रमा बद्री पाण्डे विजयी भएका छन् ।
शेखर कोइराला पक्षका पाण्डेले २४११ मत प्राप्त गरे । यस्तै देउवा पक्षका जीवनबहादुर शाहीले २१३३ मत प्राप्त गरे । पराजित शाही कर्णाली प्रदेशका बहालवाला मुख्यमन्त्री हुन् ।