कांग्रेस प्रदेश २ सभापतिमा संस्थापन पक्षका यादव विजयी

२०७८ पुष ९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनकपुर,९ पुस । नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी हुनुभएको छ । प्रधानमन्त्रीसमेत रहनु भएका सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लडेका उहाँले रामसरोज यादवलाई हराउनभएको हो ।।

कूल १८८१ मत खसेकामा कृष्णले ९ सय ९६ मत पा पाउनुभयो । रामसरोजले ८ सय ५५ मत मात्र ल्याउनुभयो। २८ मत बदर भएको छ । रामसरोज विमलेन्द्र निधि पक्षका हुनुहुन्छ । उहाँलाई शेखर कोइराला पक्षले पनि साथ दिएको थियो । बाँकी पदाधिकारीको मतगणना आजबाट सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन विवादका कारण रोकिएको थियो । बिहीबार मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार