युएई, १२ पुस । कमेडी च्याम्पियन सिजन १ र सिजन २ का कलाकारहरूको युएई आउने भएका छन् । कान्तिपुर होलिडेको आयोजनामा दुबईमा नेपाली कमेडी शो आयोजना गरिएको हो ।
अंग्रजी नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा डिसेम्बर ३१ शुक्रबारका दिन बरदुबईको एभ रेष्ट क्लबमा उक्त कार्यक्रम आयोजना गरिएको कान्तिपुर होलिडेका सञ्चालक ठाकुर ढुङ्गानाले बताए ।
कार्यक्रममा कमेडी च्याम्पियन सिजन २ का भरतमणी पौडेल, विक्की अग्रवाल, सन्तोष थापा, कमेडी च्याम्पियन १ का सुमन कार्की र सुमन कोइराला, गायक शिव हमाल, गायिका गायिका समीक्षा अधिकारी, गायिका प्रशना पाण्डे,कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी लगायतका कलाकारहरूको प्रस्तुती रहने आयोजकले बताएको छन् ।
कार्यक्रममा स्थानीय आयोजकको रूपमा ग्रिनलाई ट्राभल्स र फिस्टेल ट्राभल्स रहेको छ । सामाजिक संस्थागत रूपमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएई ९इनास०को सहकार्य रहेको छ ।
युएईमा क्रियाशील नेपाली संघसंस्थाहरुको सहयोग रहने कार्यक्रम नयाँ बर्षमा हाँसेर रमाउने उद्देश्यका साथ दुबईमा कमेडी शो आयोजना गरिएको ढुङ्गानाले बताए ।