तनहुँमा हाटबजार सञ्चालन गर्ने उद्देश्यले मेला

२०७८ पुष १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तनहुँ, १२ पुस । व्यासनगरपालिका–१ हाइस्कुलटारस्थित नवयुवा क्लबको आयोजनामा प्रथम खेलकूद तथा सांस्कृतिक मेला हुने भएको छ । यही पुस १५, १६ र १७ गते मेला हुनेछ । महिनाको कम्तीमा एक दिन हाटबजार सञ्चालन गर्ने उद्देश्यले पहिलो कार्यक्रममा खेलकूद र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष सनम तामाङले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा उत्पादित बस्तु ताजा र सुलभ मूल्यमा उपभोक्तालाई उपलव्ध गराउने उद्देश्य रहेको उहाँले बताउनुभयो । मेलाबाट आएको मुनाफाले वडाको सामाजिक कार्यमा खर्च गर्ने योजना छ । मेलाको लागि रु आठ लाख सङ्कलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म देशविदेशबाट र बोलकबुलसहित रु साढे सात लाख आर्थिक सङ्कलन भएको उहाँले बताउनुभयो ।
देश विदेशबाट सहयोग आउने क्रम पनि जारी रहेकाले लक्ष्यअनुरुप रकम सङ्कलन हुने विश्वास गरिएको छ ।

आयोजकले कुनै पनि शुल्क नलिने भएकोले सम्बन्धित व्यवसायीले आफ्नो तरिकाले व्यवसाय गर्न पाउनेछन् । मेलाको पहिलो दिन प्रीति आले, वसन्त बिक, दोस्रो दिन रामजी खाँण र चिना थापा र तेस्रो दिन पशुपति शर्मा र काजल गुरुङको प्रस्तुति रहने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय