नेपाल प्रेस युनियनको कार्यवाहक महासचिवमा ओझा

२०७८ पुष १४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १४ पुस । नेपाल प्रेस युनियनको कार्यवाहक महासचिवको जिम्मेवारी उपमहासचिव भीष्मराज ओझाले सम्हाल्नुभएको छ । युनियनको मङ्गलबार बसेको केन्द्रीय सचिवालयकोे बैठकले तत्कालीन महासचिव अजयबाबु शिवाकोटी नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि रिक्त रहेको सो पदको जिम्मेवारी उपमहासचिव ओझालाई सुम्पिएको हो ।

कांग्रेसको विधानअनुसार पार्टीको पदाधिकारी एवं सदस्यमा निर्वाचित भएपछि अर्को पद स्वतः खारेज हुने व्यवस्था छ । बैठकले शिवाकोटीलाई हालसम्म महासचिव पदमा रहेर गरेको योगदानका लागि धन्यवाद दिँदै उहाँलाई बधाई तथा शुभकामना प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकपछि युनियनको कार्यालयमा आयोजित कार्यक्रममा महासचिव शिवाकोटीले उपमहासचिव ओझालाई माइन्यूटसमेत हस्तान्तरण गर्नुभयो । दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा रहनुभएका उहाँ हाल राष्ट्रिय समचार समिति ९रासस०को वरिष्ठ समाचारदाताका रूपमा कार्यरत हुनुहुन्छ । पत्रकारितामा स्नातकोत्तर गर्नुभएका ओझासँग तीन कार्यकालदेखि प्रेस युनियनको पदाधिकारीमा रहेर काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार