-
दिपक बस्याल
नेकपा एमालेको जिल्ला अधिवेशन भोलि २३ गते हुँदैछ, हरेक जिल्लामा माहौल तातेको छ नेतृत्वमा को आउने र किन आउने भन्ने एजेन्डाको विषयले सबैको ध्यान केन्द्रित गरिरहेको बेला स्याङ्जाको बारेमा केही कुरा राख्न मन लाग्यो। एमालेको बलिया सङ्गठन भएका जिल्लाहरू मध्य स्याङ्जा अग्रणी स्थानमा आउँछ, तर यो माहौल अहिले बनेको हैन यो माहौल बनाउन जनतामा माझ जाँदा प्रतिक्रियावादिहरुले कयौँ पटक, कयौँ स्थानहरूमा हाम्रा अग्रज कमरेडहरूलाई मरणासन्न हुने गरी पिटेर कुटे तपनी पार्टीको लागि ज्यान दिन्छौ तर प्रतिक्रियावादीको सामु झुक्दैनौ भन्दै सूर्य छातीमा बोकेर हिँडिरहे हिँडिरहे…!
त्यसैले त आज स्याङ्जामा प्रतिक्रियावादीहरुले छलकपट गर्नुअघि हजार पटक सोच्ने गर्छन्, छलकपट नै नहुने हैन तर अन्य जिल्लाको तुलनामा स्याङ्जामा धेरै न्यून हुने गर्दछ। मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा जुन माहौल थियो अथवा त्यति बेला जसरी एमालेलाई जनताले विश्वास गरे ठ्याक्कै त्यो अथवा त्यो भन्दा राम्रो माहौल अहिले बन्यो अर्थात् जनताले एमालेमाथि अत्यधिक विश्वास गरे। कारण धेरै छन् ती मध्य एउटा हो, भारतले नेपाललाई नाकाबन्दी गर्दा त्यसको खरो विरोधमा उत्रेको तत्कालीन नेपाल सरकार जसको नेतृत्व केपी शर्मा ओलीले गर्नु भएको थियो।
ओली सरकार विरोधमा मात्रै सीमित रहेन एक्सनमा पनि त्यतिकै कर्मठ भए लागेर नेपालको इतिहासमा पहिलो पटक चीनसँग पारवहन सम्झौता गर्यो। यी र यस्तै हजारौँ कारणले गर्दा चुनावमा एमालेले अत्यधिक बहुमत ल्याएर जित्यो र पुन देशको नेतृत्व गर्यो।
चुनावपछिको नेतृत्व गर्दा पनि केपी शर्मा ओली सरकारले त्यतिकै धेरै देश विकासका कार्य गर्यो, त्यति बेलै लिपुलेक, लिम्पियाधुरा हाम्रै हो भनेर बोल्ने र नक्सा समेत सार्वजनिक गर्ने ऐतिहासिक साहस गर्यो। सो अभियानमा स्याङ्जाली चेली एमाले नेत्री तथा तत्कालीन भूमिसुधार मन्त्री पद्मा अर्यालको मुख्य भूमिका रहेको थियो।
यो लगायतका यस्तै धेरै कार्यले सारा राष्ट्रवाद नेपालीहरुको छाती गर्वले चौडा भएर खुलेरै ओली सरकारको मुक्त कण्ठले प्रशंसा गरिरहे। त्यसैले त आज सारा देशै एमालेमय बनेको छ, सारा जनताले बुझिसके देश विकास गर्ने मात्रै एमाले हो भन्ने, जनताले बुझिसके सारा राष्ट्रघाती, देशद्रोही दलालहरूलाई घोक्रे ठ्याक लगाएर जनताको राष्ट्र र राष्ट्रियताको विषयमा चट्टानी अडान राखेर काम गर्ने मात्रै एमाले हो भन्ने।
पद्मा अर्यालको र अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा सार्वजनिक गरेर देशनै एमालेमय बनिरहेको छ र अन्य पार्टी छोडेर सारा नागरिक एमालेमा प्रवेश गरेर कयौँ पालिकामा अन्य पार्टीहरूको बीउ समेत नरहेको अवस्थामा पदमा अर्यालकै जिल्लामा किन त्यो लहर आउन सकेन ?
स्याङ्जामा बेसारलाई डल्लो पारेर सुन भन्दै ठग्ने पार्टीहरूको अगाडि सुनकै डल्लो एमाले सुन र बेसारमा फरक छ है भन्ने कुरासम्म पनि गर्न किन सकेन ? सुनका डल्ला र बेसारका डल्ला बिचको फरक बुझाउन पनि पदमा अर्याल र केपी शर्मा ओली नै स्याङ्जाका गाउँ गाउँ रघर घरमा डुल्नु पर्ने हो ?
स्याङ्जाको नेतृत्व लिएर सिटमा बसेकाहरूले के गरे, अहिलेको कार्यकालमा ? कुन कुन पालिमा सम्पूर्ण एमालेमा समाहित भयो ? अन्य जिल्लामा पदमा अर्यालकै कारण पालिका एमालेमा समाहित हुँदा स्याङ्जाका त्यसो हुन किन सकेन ? स्याङ्जाको नेतृत्वले गरेन कि गर्न खोजेर सकेन ? वा गर्न चाहेन ? जवाफ कसले खोज्ने ? जवाफ कहिले खोज्ने ? विगतमा नेतृत्वले किन काम गर्न खोजेन/सकेन ? खै आवाज उठाएको ‘युवा’ विचारले हुने कि उमेरले ? यदि विचारले हो भने हामीले गल्ती गरिहाल्यौ अब आत्मरक्षा गरौँ र यदि उमेरले हो भने हामीले जवज छोड्दछौ !
स्याङ्जा एमालेका युवाहरू जो युवासंघ, अनेरास्ववियु लगायतका युवा दस्ता बनेर काम गरिरहेका छन्, तिनीहरूका कयौँ गुनासा विगत केही समय देखि सञ्जालमा छरपस्ट देखिरहेका छन्, उनीहरूको आशय मात्रै एउटै देखिन्छ, हाम्रो नेतृत्वले हामीहरूलाई बेवास्ता गर्यो, किन ? यिनीहरूका गुनासा स्याङ्जा नेतृत्वले बेवास्ता गर्न मिल्छु । पद नपाउन्जेल तपाई तपाई पाएपछि मपाईँ किन ? एमालेलाई माया गर्नेहरूले आवाज उठाउन किन चुक्यौ ?
हिजो जे भयो भयो तर अब गल्ती दोहर्याउने कार्य गर्दै नगरौँ ! नेतृत्व चयन गर्न वडा वडाबाट प्रतिनिधिहरू जानु भएको छ, अब हाम्रोलाई नहेरौँ उमेरले युवालाई नहेरौँ, मात्रै हेरौँ बिचारको जुझारु युवा पदमा अर्यालकै कारण देशै एमालेमय भएको बेला पदमा अर्यालकै जिल्ला स्याङ्जालाई एमालेमय बनाउन तिर ध्यान नदिएर अक्षम्य गल्ती गरेका छौ, सो कुरा इतिहासले पनि समीक्षा गर्ला तर अब गल्ती नगरौँ, जानेर गल्ती नगर्ने प्रण हामी सबैले गरौँ !
नयाँ नेतृत्व चुन्दा अब्बल र सक्षम चुन्न नचुकौँ, स्थानीय चुनाव आउँदै छ, स्याङ्जालाई फेरि एमालेमय बनाउने हो भने नेतृत्व फेरौँ र जुझारु नेतृत्व ल्याऔँ, यदि त्यसो गर्न नसके स्थानीय चुनावमा हामी आफैलाई आफैले माफ गर्न नसक्ने गरी पछुताउने छौ।