राष्ट्रियसभा बैठक पुस २७ गते

२०७८ पुष २३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २३ पुस । यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ ।

बैठक यही पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम(६) बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बैठक निर्धारण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार