कृषि विकास बैंक वालिङद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७८ पुष २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वालिङ, २४ पुस । कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय वालिङले सामाजिक उत्तरदायित्व अन्तर्गतको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। श्री ठाडोलाईन टोल सुधार समिति भकुण्डे रभुम्रे  लक्षित  समुदाय रहेको कार्यक्रम भुम्रे सामुदायिक भवन मा भएको थियो ।

कृषि विकास बैंक शाखा कार्यालय वालिङ्का प्रबन्धक श्री जगदीश अर्यालको अध्यक्षता मा सम्पन्न कार्यक्रममा कृषि विकास बैंक लि गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक श्री घनेन्द्र अधिकारीले प्रमुख अतिथि रहनु भएको कार्यक्रममा मन्तव्य राख्दै बैंकले निकट भविष्यमै आफ्नै भवनबाट बैङ्किङ सेवा सञ्चालन गर्ने बताउनु भयो।
बैंकका वरिष्ठ शाखा प्रमुख द्वय श्री शम्भु पौडेल र श्री भीम सुवेदी साथै वालिङ नपा वार्ड नं। १० का वार्ड अध्यक्ष श्री अनन्तराज गैरे ,वार्ड नं। ९ का कार्यवाहक वार्ड अध्यक्ष श्री पिताम्बर भुसाल ,भकुण्डे ठाडो लाइन टोल सुधार समितिकी अध्यक्ष श्रीमती सेमला काफ्ले ,समाजसेवी विद्या श्रेष्ठ, अमृत श्रेष्ठ लगायतले आतिथ्यता ग्रहण  गर्दै शुभकामना मन्तव्य दिनुभएको थियो।
बैंकका सुचना अधिकृत श्री सन्तोष गिरिले वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिनुभएको कार्यक्रममा स्थानीय बासिन्दा तथा विशिष्ट व्यक्तिहरूको उत्सजनक उपस्थिति रहेको थियो। साथै, कार्यक्रमको सञ्चालन शाखा कार्यालय वालिङका कर्मचारी श्री भविलाल रेग्मी ले गर्नुभएको थियो भने स्वागत मन्तव्य श्री दिनेश भट्टराईले दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय