गरिमा विकास बैंकको बानेस शेयर घोषणा

२०७८ पुष २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हिमलाल घर्ती 

काठमाडौं, २२ पुस । गरिमा विकास बैंकले १६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

बैंकले सहारा विकास बैंकलाई प्राप्ति पश्चात कायम चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लख ८३ हजार १०५ रुपैयाँबाट बोनश शेयर घोषणा गरेको हो । यसर्थ, बैंकले ६३ करोड १७ लाख ९ हजार २९६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

नियामक राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई बोनश वितरण गरिनेछ । गत वर्ष बैंक १६.७५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.८५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यता, बैंकले सहारा विकास बैंक प्राप्ति गरेर एकिकृत कारोबार कारोबार भएपछि सेयर किन्नेले भने बोनसमा लाग्ने कर आफैले तिर्नुपर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय