पन्तका पाँच कृतिमाथि विश्लेषणात्मक अन्तरक्रिया सम्पन्न

२०७८ पुष २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २४ पुस । दायित्व वाङ्मय प्रतिष्ठानले राम प्रसाद पन्तका पाँच नवीनतम कृतिमाथि विश्लेषणात्मक अन्तरक्रिया गरेका छ । शुक्रबार बुढानीलकण्ठस्थित दायित्व भवनमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

पन्तको पहिलो कृति- पुर्खाको बाटो नियात्रोपन्यासमाथि प्रा डा कृष्ण प्रसाद दाहाल, दोस्रो कृति- जयपुरदेखि पुरीसम्म माथि प्रा डा. भागवत ढकाल, तेस्रो कृति-उत्कृष्ट सत्ताइस नक्षत्र संस्मरण माथि प्रा डा सावित्री मल्ल कक्षपति,चौथो कृति-आयामिक अनुभूति संस्मरण माथि डा. शैलेन्द्रु प्रकाश नेपाल र पाँचौ कृति – देशाटन माथि प्रा डा राम प्रसाद ज्ञवालीले समिक्षात्मक विश्लेषण गर्नुभएको थियो ।

प्रमुख अतिथि डा महेश्वर शर्माले अक्षरजीवी पन्तको जन्मदिनमा यतिका कृति आएकोमा बधाई एवम् शुभकामना दिनुभयो। स्रष्टा पन्तको जन्मदिन र अन्तरक्रियामा अशेष मल्ल, चितवनका साहित्यकार प्रा डा. नारायणप्रसाद खनालले शुभकामना एवम् बधाई दिनुभएको थियो ।

आफू जन्मदिन यसरी मनाउने कुनै कार्यक्रम नबनाए पनि संयोग जुरेको बताउँदै पर्न गएको हो। दायित्व स्थापनादेखि दायित्व भवन निर्माणसम्म धेरै साथीहरूको साथ र सहयोग रहेको स्रष्टा पन्तले बताउनभुयो । कार्यक्रममा डा. लेखप्रसाद निरौला, रामप्रसाद दाहाल, प्रा. डा. नारायणप्रसाद खनाल, अशेष मल्ल, यादव भट्टराईले मन्तव्य राख्नुएको थियो ।

ठाकुर शर्माको सभापतिपतित्वमा प्रह्लाद पोखरेल, वियोगी बुढाथोकी, विजयध्वज थापा, कलाधर काफ्ले, मुरारि सिग्देल, रामबहादुर पहाडी, भाग्यशाली अधिकारी, शङ्कर भारती, छायादत्त न्यौपाने, किस्मत भण्डारी, केशवराज पन्त, डा. नम्रता पाण्डे, डा. रत्नावली शर्मा, माधव घिमिरे, जीवराज घिमिरे, सिर्जना पोखरेल, रामलोचन तिवारी, महादेव अधिकारी, किशोरकुमार दाहाल, शिवप्रसाद बस्याल, नीलकण्ठ भुषाल, मुकुन्द न्यौपानेको उपस्थिति रहेको थियो । कार्यक्रम मुक्तककार, कवि एवम् दायित्वका दर्विला खम्बा यादव भट्टराईले सन्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय