बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द

२०७८ पुष २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गलकोट, २८ पुस। कोरोनाको तेस्रो भेरियन्ट -ओमिक्रोन_ फैलिएको भन्दै बागलुङ  नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न अनुरोध गर्नुभएको हो । पोखरेलले पूर्व निर्धारित परीक्षा पूर्ण सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार