जनजातिको हित तथा उत्थानका लागि कटिबद्ध छु : मन्त्री आले

२०७८ माघ २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २५ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनजातिको हित तथा उत्थानका लागि आफू सधैँ कटिबद्ध रहने बताउनुभएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २१औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा मन्त्री आलेले जनजातिको वृत्ति विकास तथा उत्थानका लागि सधैँ अग्रसर रहने बताउनुभयो । उहाँले भन्नुभयो, “जनजातिको उत्थानका लागि विनियोजन हुने बजेट निकै न्युन हुँदै आएको छ, मेरो मन्त्रालय पनि यस संस्थाको एक अङ्ग भएकाले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्नेछु ।”

नेपालको जनगणना विसं २०६८ अनुसार जनजातिको सङ्ख्या करिब ३५।२५ प्रतिशत भएको र यत्रो सङ्ख्या ओगटेको जनजातिहरुका लागि विनियोजन हुने बजेट सारै न्यून भएकाले प्रतिष्ठानलाई माथि उकास्न तथा जनजातिको वृत्ति विकासका लागि भए पनि आफूले सक्ने जति बजेट विनियोजन गर्ने मन्त्री आलेले आश्वासन दिनुभयो । यसैगरी मन्त्री आलेले जनजातिका डकुमेन्ट्री निर्माण, होमस्टे, कला संस्कृतिको जगेर्ना गर्नका लागि कार्यक्रमसहित प्रस्ताव ल्याए मन्त्रालय सहयोग र साथ दिन तयार रहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार