पोखरा महानगरको सभामा काङ्ग्रेस वडा अध्यक्षको प्रश्ननै प्रश्न

२०७८ माघ २८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा, २८ माघ । पोखरा महानगर पालिकाको आज हुने दशौ नगरसभामा पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शंकर बास्तोलाले लिखित प्रश्न राख्ने तयारी गर्नुभएको छ ।

नेपाली काङ्ग्रेसबाट वडा अध्यक्ष बन्नु भएका बास्तोलाले नगरपालिकालाई पटकपटक सचेत गराउदा पनि कुनै कार्यनयन नभए पछि नगर सभामा यी बिषय उठान गर्न लागिएको बताउनुभएको छ । उहाँले भन्नुभयो “अहिलेसम्म गर्छौ गर्छौ भन्ने आश्वासन पाएर बसियो अब पदावधि पनि सकिन लाग्यो महानगरका गम्भीर बिसयमा ध्यानाकर्षण हुन नसकेपछि आज यी बिषय फोरमा उठाउने निर्णय गरेको हु ।”

महानगरको चार नम्बरको वडाको जनप्रतिनिधिको रुपमा कार्यरत बास्तोलाले समग्र महानगरको बिसयमा ११ बुदा तयार पार्नुभएको छ । फेवातालको मापदण्ड हुँदै खुद्रा बिज्ञापनमा भएको अनियमितता देखि महानगरको सवारीसाधनको बिसय लगायतका बुदा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय