बर्दियामा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

२०७८ माघ २९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बर्दिया, २९ माघ । बर्दियाको बाँसगढी नगरपालिकामा ट्र्याक्टर पल्टिँदा एक बालकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाउँमा दुलही पु¥याएर फर्कने क्रममा भे२त १३१६ नंको ट्र्याक्टर आज अपराह्न २ बजेतिर बाँसगढी, मगरपुर, वेलौली र बठुवा जाने चोकमा पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ ।

ठाकुरबाबा–७ का १५ वर्षीय सुमन थारूको उपचारका क्रममा कौशिल्या मेमोरियल अस्पताल बाँसगढीमा मृत्य भएको र दुर्घटनामा घाइते १६ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र एकजनाको कौशिल्या अस्पताल बाँसगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय