कविता तथा निबन्ध प्रतियोगिताका विजयी पुरस्कृत

२०७८ फाल्गुन ६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ६ फागुन । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ का अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता तथा निबन्ध प्रतियोगिताका विजयीलाई आज पुरस्कृत गरिएको छ ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आज आयोजित कार्यक्रममा ती पुरस्कार प्रदान गर्नुभएको हो । उक्त राष्ट्रिय भावना र लोकतान्त्रिक चेतनाको भावमा आयोजित प्रतियोगितामा कवितातर्फ खोटाङका तेज राई, बैतडीका वासुदेव पाण्डेय ‘प्रभाकर’, ताप्लेजुङका सविता बरालले क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको छ । निबन्धतर्फ तनहुँका गोविन्दप्रसाद खतिवडा, तेह्रथुमका रेजिना आपगाईं र काठमाडौँका गणेश दङ्गाल क्रमशः प्रथम, द्वितीय र तृतीय बन्नुभएको छ ।

दुवै विधाका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः जनही रु पचास, चालीस र तीस हजार पुरस्कारको व्यवस्था गरिएको प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो । समारोहमा प्रथम घोषित निबन्ध र कविता वाचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय