टिपरको ठक्करबाट एककाे मृत्यु

२०७८ फाल्गुन ८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ८ फागुन । भक्तपुरमा टिपरको ठक्करबाट आठ वर्षीया बालिकाको मृत्यु भएको छ ।

भक्तपुरको चाागुनारायण नगरपालिका ८ सुडाल रानीबारीमा बा४ख ७३५२ नम्बरको टिपरले गएराति करिब १० बजे ठक्कर दिंदा आठ वर्षीया बिनिता मगरको मृत्यु भएको हो । उनी काभ्रेको महाभारत गाउापालिका २ घर भई सुडालस्थित बीएम इाटा भट्टामा कार्यर सूर्यबहादुर मगरकी छोरी हुन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएकी बिनितालाई ख्वप अस्पताल च्यामासिंहमा प्राथमिक उपचार गरी थप उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो ।

अस्पतालको उपचार गर्दागर्दै आज बिहान ४ बजे बालिकाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिनुभयो। टिपर चालक भक्तपुर नगरपालिका ८ जेला बस्ने २७ वर्षीय राजेश कुस्मालाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय