अपाङ्गता भएका दाजुभाईलाई सहयोग

२०७८ फाल्गुन ९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वालिङ, ९ फागुन । अपाङ्गता भएका यहाँको एकै परिवारका दुई भाईलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

स्याङ्जाको वालिङ–९ पीपलटारीस्थित लीला राउत क्षेत्रीका दाजु छोरालाई काठमाडौँस्थित मानव सहायता समूहले रु एकलाख १० हजार प्रदान गरेको हो । उक्त समूहमा आबद्ध तथा देशविदेशमा रहेका टिकटक प्रयोगकर्ताले टिकटक प्रयोग गरेबापत सङ्कलन भएको रकम अपाङ्गता भएको परिवारलाई घरमै पुगेर हस्तान्तरण गरिएको समूहका अध्यक्ष टीकाप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

आफ्ना तीन सन्तानमध्ये जेठो र कान्छो छोरा जन्मैदेखि अपाङ्गता रहेको आमा लीलाले बताउनुभयो । “आफ्नो सन्तानको माया लाग्छ, उनीहरुको स्याहार गरेर बस्नुपर्छ, एकैछिनपछि छोडेर हिड्न मिल्दैन”, उहाँले भन्नुभयो, “जन्मैदेखि अपाङ्ग छन् बोल्न सक्दैनन्, खुवाइदिने र दिसापिसाब पनि हामीले नै गराइदिनुपर्छ ।” जेठो २२ र कान्छो १३ वर्षका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय