एक हजार २०५ जना सङ्क्रमणमुक्त

२०७८ फाल्गुन ९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ९ फागुन । पछिल्लो २४ घण्टामा एक हजार २०५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नौ लाख ५२ हजार ५९९ सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार २८२ रहेका छन् । यस अवधिमा थप ३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार २२५ पिसिआर परीक्षण गर्दा २४७ र दुई हजार ९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जना गरी ३८८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख १४ हजार ५४४ पुगेको छ । यस अवधिमा चारजनाको मृत्यु भएसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय