फागुन २२ गतेसम्मका लागि मधेश प्रदेशसभाको बैठक स्थगित

२०७८ फाल्गुन १०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनकपुर, १० फागुन । मधेश प्रदेशको प्रदेशसभाको आज बस्ने भनिएको बैठक फागुन २२ गते सम्मका लागि स्थगित भएको छ ।

आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक दोस्रो पटक विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले फागुन २२ गते सम्मका लागि स्थगित गरेको हो । प्रदेशसभा भवनको कम्पाउण्डभित्र कालोपत्र गर्ने काम भइरहको र फागुन १५ गते हुन लागेको नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा प्रदेशसभा सदस्य व्यस्त हुनुभएकाले आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।

आज बस्ने बैठकमा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यतालिका थियो । यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय