काठमाडौ, १६ फागुन । अध्यागमनका कर्मचारी छलेर पार्किङमा पुगेको सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एसपी भिम ढकालको नेतृत्वमा खटिएको प्रहरीले आइतबार बरामत गरेको छ ।
कतार एयरवेजमा आइतबार कतार बाट काठमाडौ आउनु भएका सप्तरी मौवावेल्हरी वडा नम्बर ४ घर भएका एम.डि. सौकात अलिको साथ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङबाट ब्रासलेट दुई वटा पक्राउ गरिएको त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख एस पि भिम ढकालले जानकारी दिनुभयो । पक्राउ गरिएको सुन अन्दाजी सात लाख ९८ हजार ९ सय ६३ रहेको छ ।
सुन ल्याएको सुराकीका आधारमा पार्किङ स्थलमा खानतलासी गर्दा अलिको साथमा सुन भन्सार छलेर ल्याएको अबैध सुन फेला परेपछि उहाँलाई पक्राउ गरिएको एस पि ढकालले जानकारी दिनुभयो । पक्राउ गरिएको सुन ९४.९ ग्राम रहेको छ । सुन तस्करीको आरोपमा पक्राउ परेका अलिलाई थप अनुसन्धानको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यलय गौचरमा बुझाइएको पनि एसपि ढकालले जानकारी दिनुभयो ।