दमौलीमा आगलागी नियन्त्रणका लागि श्रममन्त्री हेलिकप्टर लिएर प्रस्थान

२०७८ फाल्गुन २२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २२ फागुन । तनहुँको सदरमुकाम दमौली बजारमा आगलागी अनियन्त्रित भएपछि आगो निभाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानी सहितको हेलिकप्टर लिएर दमौली प्रस्थान गर्नुभएको छ ।

दमौली बजारको भोर्लेटार चोकमा आगलागी भएको छ । भुपाल हार्डवेयर र ज्योति हार्डवेयरमा बिहान करिब १० बजेदेखि आगलागी भएको हो । आगो निभाउन मन्त्री श्रेष्ठ प्रभु एयरको हेलिकप्टरमा पानी लिएर दमौली जानुभएको छ । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि मन्त्री श्रेष्ठले आफ्नै पहलमा पानी सहितको हेलिकप्टर व्यवस्था गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार