गरिमा विकास बैंकको लकर सुविधामा विशेष छुट

२०७८ फाल्गुन २२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २२ फागुन । गरिमा विकास बैंकले आउँदै गरेको अन्तराष्ट्रिय नारी दिवस २०२२ लाई थप विशेष बनाउन  नारीहरुलाई लक्षित गर्दै गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्नुहुने  महिला ग्राहकहरुलाई प्रदान गर्दै आईरहेको लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ ।

आफ्नो बहुमुल्य गरगहना, सामान तथा कागजपत्रलाई सुरक्षीत राख्न  यस  बैंकको लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५% र वार्षिक लकर शुल्कमा ५०% (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो । विकास बैंकका ग्राहकहरुले न्यूरोड शाखा (काठमाडौं), कुमारीपाटि शाखा (ललितपुर), सुर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), वगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान)मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सकिनेछ ।  बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो शेयर बचत खाता खोल्नुहुने  नारी ग्राहकले उक्त छुट प्राप्त गर्नुहुनेछ ।

हाल, गरिमा विकास बैंक लिमिटेडले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरिय सेवा दिदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय