प्रकाश ढकाल
स्याङ्जा,फागुन २९ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीद्वारा स्याङ्जाको चापाकोट नगरपालिका ६ मा रहेको केलादि धाम आश्रमा आश्रि वृद्ध वृद्धलाई भोजन सेवा तथा वस्त्र हस्तान्तरण गरिएको छ ।
समाजको वार्षिक कार्यतालिका अन्तर्गत ८ मार्चमा नारी दिवसको अवसरमा गरिने कार्यक्रम हिजो अर्थात् सनिवार मात्रै सम्पन्न गरिएको हो । कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष भोला पौडेलको अध्यक्षता र बालब्रह्माचार्य पिठाधिस महन्त १००८ गोपाल शरण देव महाराजको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।
आश्रममा रहनु भएका ३५ जना बुवा आमाहरु दोशल्ला ओढाएर संमान गरिएको थियो । आश्रमको आवश्यकतालाई मध्यनजर गर्दै स्याङ्जा सहयोग समाज राष्ट्रिय समन्वय समिति कतारका अध्यक्ष अजामत अलिले २० ओटा बस्ने कुर्सि र अन्तर्राष्ट्रीय समन्वय समितिका सदस्य गुप्त गैह्रेले १०० मिटर बस्नको लागि कार्पेट सहयोग गर्ने प्रतिवद्वता समेत गर्नुभएको छ।
कार्यक्रममा राधा दामोदर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बास्ताकोटी, उपाध्यक्ष तिर्थ अधिकारी,सचिव घनश्याम खनाल, संस्कृत प्राचार्य कृष्ण ज्ञवाली, कृष्ण प्रसाद पोख्रेल लगायतले समाजलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम समाजका सल्लाहकार डोलराज डुम्रेले संचालन गर्नु भएको थियो । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीकी महिला संयोजक तथा कार्यक्रम संयोजक निर्मला तिवारीको स्वागत मन्तव्यबाट सुरु गरिएको उक्त कार्यक्रममा स्याङ्जा सहयोग समाजको स्थापना र यसको महत्वबारे समाजका सल्लाहकार मोहन बिएसकेले प्रकाश पार्नुभएको थियो। संस्थाले गरेका काम र प्रक्रियाबारे स्यासस एनसिसी कतारका अध्यक्ष अजामत अलिले जानकारी दिनु भएको थियो भने संस्थाको स्थापनाको बारेमा रामु बस्यालले जानकारी गराउनु भएको थियो ।