स्याङ्जाको वनमा तस्करको रजाइँ खबर पछि, प्रहरीले धमाधम पक्राउ गर्न थाल्यो

२०७८ चैत्र ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,७ चैत । स्याङ्जाको वनमा तस्करको रजाइँ सम्बन्धि खबर सार्वजनिक भएपछि प्रहरीले सक्रियता बढाएको छ । प्रहरीको सक्रियता बढेससंगै अबैध काठ संगै यसको कारोबार गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

अबैध काठको कारोबार विरुद्ध सक्रियता जनाएको प्रहरीले सनिवार बिरुवा गाउँपालिका बाट अबैध काठ सहित यसमा संलग्नको आरोपमा १ ट्याक्टर सहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

बिरुवा गाउँपालिका  ४ पाटने बाट वर्ष ४० को खुम बहादुर सार्की,वर्ष ५९ हस्त बहादुर सार्की, वर्ष ६८ की लक्ष्मी नेपाली सहित पुतलीबजार न पा १३ बस्ने बर्ष २५ का ट्याक्टर चालक सहित ग १ त ५६७५ नम्बरको ट्याकटर नियन्त्रणमा लिइएको अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ गरेको सालको चिरान काठ ४० पिस र सालको गोलिया २० गरी जम्मा ६० पिस काठ सहित ४ जना मानिस, १ ट्याक्टरलाई आवश्यक कारवाहीको डिभिजन बन कार्यालय बाडखोला स्याङ्जामा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय