“घर घर जाऔं काङ्ग्रेस जिताऔं” अभियान चापाकोट ५ घुर्पालमा सम्पन्न

२०७८ चैत्र १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साधना न्यौपाने

स्याङ्जा ,१३ चैत । नेपाली कांग्रेस स्याङ्जाले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत आज चापाकोट नगरपालिका ५ घुर्पालमा विभिन्न कार्यक्रम गरेकाे छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य तेज बहादुर कुँवरको आतिथ्य मा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख शिव कुमार गिरि , नगर पार्टी सभापति बिक्रम सारु , जिल्ला सदस्य ईशा राना , लगाएतकाे उपस्तिथि रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख शिव कुमार गिरिले नेपाली काङ्ग्रेसले वडा वडामा गएर वडा टोल गठन गर्ने, भ्रष्टाचारको भण्डाफोर गर्ने,काङ्ग्रेस मजबुत बनाउन जस्तोसुकै मुल्य चुकाउन पनि तयार रहेको बताउनुभयाे । साथै स्थानीय निर्वाचनमा कांग्रेसको पक्षमा जनलहर सिर्जना गर्नका लागि लक्षित कार्यक्रमहरु समेत सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी नगर सभापति बिक्रम सारुले नगरपालिकामा नेपाली कांग्रेस जिताउन प्रतिबद्ध रहेको कुरा बताउनु भयो । जिल्ला सदस्य इशा रानाले नेपालि कांग्रेसकाे नेतृत्वमा लाखौं र करोडौं योजनाका कामहरु भइरहेको र नेकपा एमालेका नेताहरु २/४ सय पर्ने सिरक र दुइचार दाना तरकारीको बिउ लिएर गाउँ गाउँ छिरेकाे भन्दै चापाकाेट वासीले विकास प्रेमी ब्याक्ती चिन्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय