चापाकोटमा काठ तस्करी गर्ने ट्याक्टर नियन्त्रणमा

२०७८ चैत्र १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १५ चैत । काठ तस्करमा समंलग्नकाे आरोपमा चापाकोटबाट ट्याक्टर सहित विभिन्न काठ प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार चापाकोट नगरपालिका – ६ घारापानीबाट प्रहरीले ग. १ त. २६५० नम्बरको रोकी राखेको ट्याक्टर चेकजांच गर्ने क्रममा सालको चिरान काठ थान ३४ (चौतिस) थान, ५३.८१ क्यु फिट (अं. मुल्य रु. ७८,०००। अठअत्तर हजार) फेला पारी ट्याक्टर सहित काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएको काठ र ट्याक्टलाई थप अनुसन्धानको लागि सव डिभिजन बन कार्यालय चापाकोट बुझाईएको र थप अनुसन्धान कार्य भैइरहेको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय