न्यूरोडमा कुटेर पुरुषको हत्या, आरोपी पक्राउ

२०७८ चैत्र १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१५ चैत । काठमाडौँको न्यूरोडस्थित लगन टोलमा ५८ वर्षका पुरुषको हत्या भएको छ । काठमाडौँ महानगरपालिका–२१ स्थित लगन टोल घर भएका ५८ वर्षीय पृथ्वी वीर डंगोलको हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

हत्या आरोपमा महानगरीय प्रहरी वृत्त जनसेवाले सहवहाल घर भएका ४७ वर्षीय विकास पोडे उर्फ घिउ साहुलाई पक्राउ गरेको छ । चैत २ मा विकासको कुटपिटबाट गम्भीर घाइते भएका पृथ्वी वीर डंगोलको चैत ८ मा अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको थियो । आरोपीलाई पक्रेर ‘ज्यान सम्बन्धी कसुर’मा म्याद लिएर अनुसन्धान भइरहेको परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय