वालिङमा जिप दुर्घटना ५ जनाकाे मृत्युु ,६ जना घाइते

२०७९ बैशाख ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ,४ बैशाख । आइतबार वालिङ् न पा १२ डाडाखर्क बाट बालिङ आउदै गरेको ग  १ ज ७३९९ न को जिप २०० मिटर तल खसेको हो ।

जिप बिहान १० बजेको समयमा दुर्घटना भइ५ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा वालिङ् न पा १२ डाडाखर्क का ६५ बर्षिय वीर बहादुर दाला,वालिङ् न पा १२ डाडाखर्कका ४५ बर्षिय हिरा दाला , सोहि ठाउँ बस्ने २५ बर्षिय शर्मिला सारु,६र७ महिनाको शर्मिला सारुको छोरा र डाडाखर्क न पा १४ बस्ने ६१ बर्षिय कुल कुमारि कनौजे रहेका छन ।भने घाइतेमा वालिङ् न पा १२ का अन्दाजि ५५ बर्षिय अंग बहादुर दालाको टाउकोमा चोट लागेको, डाडाखर्क १२ कि ५५ बर्षिय माया कुमारि सारु ,डाडाखर्क १२ का ३५ बर्षिय योगेन्द्र थापा,डाडाखर्क १२ कि १८ बर्षिय नबिना सारु, र डाडाखर्क १२ कि १९ बर्षिय लक्ष्मी दाला ,डाडाखर्क १२का जिप चालक दल बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी पदमराज थापाले जानकारी दिनुभयो ।

घाइतेहरुलाइ टाउको छातिमा चोटलागेको र अवस्था सिरियस भएको कारण पोखरा गण्डकी मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय