दुबईबाट ल्याएको अबैध सुन , मोबाइल र ल्यापटप सहित एक जना पक्राउ

२०७९ बैशाख ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ ,६ बैशाख । जजिरा एयरको उडानद्वारा आइतबार दुबईबाट कुवेत हुदै काठमाडौ आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबैध सुन ल्यापटप र मोबाइल सहित एक जना पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्दा कैलाली कैलारि गाउँपालिका वड न ८ स्थायि घर भएका भागदेव कठरियालाइ लुकाइ छिपाइ सुन ,मोवाइल र ल्यापटप भन्सार छलि गरि लैजाने लागेको अवस्थामा फेला परिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुचना अधिकारी हिमालय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कठरियाले सुनको लकेट ४० ग्राम रु ३४९८०० , मि १४ मिक्क बूक प्रो १ थान रु २,६०,०००,आइफोन १३ प्रो मक्स २ थान रु ३,००,०००र आइफोन ११ प्रो मक्स १ थान रु ९५,००० जम्मा रु १०,०४८०० सामान सहित पक्राउ गरिएको छ ।

कठरियालाई आवश्यक अनुसन्धान एवम कारबाहिको लागी त्रिभुवन विमानस्थल भन्सार कार्यलय गौचर बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय