चापाकोटमा दिनहुँजसो हातहतियार बरामद हुनथाले,२ दिनमा २ पक्राउ

२०७९ बैशाख २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २५ बैशाख । स्थानीय चुनावलाई लक्षित गरेर प्रहरीले गस्ती बढाएपछि चापाकोटमा दिनहुँजसो हातहतियार बरामद हुन थालेका छन् ।

निर्वाचनको मिति नजिकिदै जादा प्रहरीले चेकजाँचलाई कडाइ गरेपछि सनिवार र शुक्रबार छुट्टाछुट्टै स्थान बाट छुट्टाछुट्टै ब्याक्तीको साथबाट धारिलो हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी रबिन्द्र खनालले जानकारी दिनुभयो ।

खनालका अनुसार २३ गते बिहान करिब ७:३० बजेको समयमा चापाकोट न.पा. ९ छितेखोलामा चेक चाज गर्ने क्रममा ग.१६ प. ५९८६ नं को स्कुटीमा सवार चापाकोट २ फुलवारी बस्ने वर्ष २० को राजिप वि.क. ले स्कुटीको डिकी बाट फलामको चक्कु बरामद गरिएको थियो ।

त्यस्तै २४ गते बिहान करिब ६:१५ बजेको समयमा चापाकोट न.पा. ९ बिपिचोकमा चेकजांच गर्ने क्रममा ना. ४ प. ९१०७ नं को मोटरसाईकल मा सवार पाल्पा जिल्ला रामपुर न.पा. ५ बस्ने वर्ष २३ को बाबुराम श्रेष्ठले बोकेको झोलामा फलामको खुकुरी फेला पारेको खनालले जानकारी दिनुभयो । हतियार सहित पक्राउ परेका दुबै जनालाई नियन्त्रण लिई थप अनुसन्धान भैइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय