स्याङ्जाको वालिङमा जिप दुर्घटनामा मृत्यु हुनेको सनाखत भयो, १४ को मृत्यु १२ घाइते

२०७९ बैशाख ३०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ३० बैशाख । स्याङजा वालिङ न.पा. १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसल तर्फ जाँदै गरेको ग. २ च. ३०२६ नं.को जिप अनियन्त्रित भई सडकबाट  अन्दाजी ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बिहान करिब १०:२० बजेको समयमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी रबिन्द्र खनालले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा वालिङ न.पा. १४ पञ्चमुल अर्खलबास बस्ने वर्ष ६३ की माया पुन, सोही ठाउँ बस्ने वर्ष ९ को प्रविण कुवर , सोही ठाउँ बस्ने वर्ष ५० को कुलदपि कुवर , सोही ठाउँ बस्ने वर्ष ५० की डेम कुमारी कुवर, सोही ठाउँ बस्ने वर्ष ८६ की हरीकला कुवर, सोही ठाउँ बस्ने वर्ष ५० की टेककला कुवर , सोही ठाउँ बस्ने वर्ष २५ की जमुना कुवर, सोही ठाउँ बस्ने वर्ष ७० की भिमकला कुवर, सोही ठाउँ बस्ने वर्ष ७० की मुवा कुमारी कुवर, सोही ठाउँ बस्ने वर्ष ४३ की पोट कुमारी कुवर, सोही ठाउँ बस्ने वर्ष ४३ की जानुका कुवर, सोही ठाउँ बस्ने वर्ष ४२ की ज्ञान दली कुवर, सोही ठाउँ बस्ने वर्ष ५० की मिना कुवर र सोही ठाउँ बस्ने फुल देवि कुवर रहनु भएको छ ।

घाइते हुनेमा वालिङ न.पा.१४ पञ्चमुल अर्खलबास बस्ने वर्ष नखुलेको बेल माया कुवर, सोही ठाउँका भुल वहादुर कुवर , सोही ठाउँ बस्ने वर्ष गौमती थापा, सोही ठाउँ बस्ने वर्ष ज्ञान माया कुवर, सोही ठाउँ बस्ने सरस्वती कुवर, सोही ठाउँ बस्ने कविता कुवर,सोही ठाउँ बस्ने अनिष कुवर, सोही ठाउँ बस्ने कुशल कुवर, सोही ठाउँ बस्ने ज्यामकली कुवर, सोही ठाउँ बस्ने कौशल कुवर र सोही ठाउँ बस्ने सिता कुवरको पोखरा गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ भने सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भने वालिङ न.पा.१४ पञ्चमुल अर्खलबास बस्ने वर्ष ५५ को नेत्र वहादुर कुवर,अवस्था सामान्य रहेको र उहाँको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय